धनुषामा ७५ प्रतिशतभन्दा बढी सँडेको अवस्थामा महिलाको शव फेला
टुडेपाटी–
जनकपुरधाम, मंसिर १२ गते ।
धनुषामा सीमावर्ती क्षेत्रमा एक महिलाको शव फेला परेको छ ।
धनौजी गाउँपालिका वडा नं. ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएका छन् ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माको टोली पुगेको छ ।
घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
Sponsored
शवको अवस्था हेर्दा करिब ६÷७ दिन पहिला नै महिलाको मृत्यु भएको हुन सक्ने एसपी शर्माले बताए ।
उनले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।