TodayPati

मधेश प्रदेश केपी ओली कपको सेमिफाइनलमा

टुडेपाटी–
पोखरा, मंसिर १२ गते ।

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएसँगै मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

समूह सीमा रहेको नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश टिमले समान १ खेल जिते पनि रन रेटको आधारमा मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

Sponsored

मंगलबार पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।

Sponsored

जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । ३४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *