TodayPati

आज कमला नदीमा भूत मेला, धामीझाँक्रीको घुइँचो

टुडेपाटी-

जनकपुरधाम, मंसिर ११ गते ।

आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

Sponsored

हिजो साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कातिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

Sponsored

उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *