TodayPati

‘महाकवि विद्यापतिको रचनाहरु कालजयी रहेको छ’

टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।

जनकपुरधाममा मैथिलीका महाकवि, कवि कोकिल विद्यापतिको स्मृति पर्व २०८० विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

मैथिली भाषा साहित्यका क्षेत्रमा कालजयी कृतिहरु रहेका महाकवि विद्यापतिको रचनाहरु अहिले पनि मिथिलामा हुने हरेक चाडपर्व तथा धार्मिक एवं सांस्कृति कार्यक्रमहरुमा प्रयोग गरिदै आएको छ ।

Sponsored

विद्यापति स्मारक संरक्षण समिति जनकपुरधामले शनिबार आयोजना गरेको कार्यक्रममा विद्यापतिको व्यक्तित्व, कृतित्वका विषयमा सहभागि भएका विद्वान विदुषिहरुले आ–आफ्नो विचार सहित रचना मार्फत उजागर गरेका हुन् ।

जनकपुरधामको विद्यापति चौकमा आयोजना गरिईएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले महाकवि विद्यापतिको रचनाहरुमा देश, लोकतन्त्र, समावेशीताको पक्ष र छुवाछुतको विरुद्धमा गहिरो शन्देशहरु दिएकाले अहिले पनि सवैका लागि अनुकरणीय भएको बताए ।

उनँले विद्यापतिको रचनावाट समानता, लोकतन्त्र, जनहित तथा देशहितका विषयमा प्रेरणा दिन आवश्यक भएको बताए । नेता निधिले संघीय लोकतन्त्र तथा गणतन्त्रलाई कसैले पनि परिवर्तन गर्न नसक्ने बताउदै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले महाकवि विद्यापतिका रचनाहरु ५० औं भाषामा रहेकाले उनी मैथिलीको महाकवि मात्र नभई संसारका महाकवि भएको बताए ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले विद्यापतिको रचनाहरु कालजयी भएको बताउदै प्रदेश सरकारले विद्यापतिले निर्वासनको समयमा १२ वर्षसम्म वस्नु भएको ठाउँको एकिन गर्नका लागि मधेश प्रज्ञाप्रतिष्ठान मार्फत काम गर्ने आशा व्यक्त गरे ।

विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, पूर्व प्रमुख जिल्ला अधिकारी जीवच्छ मिश्र, वडा नंं ४ का वडाध्यक्ष सुरेश झा सहितका वक्ताहरुले महाकवि विद्यापतिको कृतिहरु माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा काशीनाथ झा, धिरेन्द्र झा मैथिल, पुनम झा सहितका कविकवयीत्रिहरुले महाकवि विद्यापतिमा आधारित कविता वाचन गर्नु भएको थियो । महाकवि विद्यापतिको विद्यापति चौकमा रहेको स्मारकको संरक्षण तथा जिर्णोद्धारमा जनकपुरधाम उपमहानगरपालिकाले ४ लाख बजेट प्रदान गरेको छ ।

कार्यक्रममा रेडियो नेपालका सम्वाददाता अजय कुमार झा र राष्ट्रिय समाचार समिति मधेश प्रदेशका कार्यालय प्रमुख टिकाराम सोनारलाई सम्मानित गरिईएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *