TodayPati

महोत्तरीमा डाँका पक्रेको खुसीमा असईले पेस्तोल खेलाउँदा पड्केर जवान घाइते, भारतबाट खुल्यो रहस्य

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

महोत्तरी प्रहरीले डाँका समातेको खुसीमा एक असईले पेस्तोल खेलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवान हलखोरी प्रहरीचोकीमा कार्यरत्त सप्तरी घर भएका राजेशकुमार साह छन् ।

श्रोतका अनुसार प्रहरी चोकी इन्चार्ज असई बच्चा यादवले गत कातिक ३० गते राति पेस्तोल खेलाउँदा पड्केर जवान साहको एक पाखुरामा लागेको थियो । जिल्ला प्रहरी कार्यालयमा डाँका समातेको खुसीमा रात्री भोज आयोजन भएको थियो । भोज खाएर फर्केका असई यादव खुसीले पेस्तोल खेलाउन थालेपछि पड्केको र गोली लागेर साह घाइते भएको प्रहरी श्रोतले जनाएको छ ।

Sponsored

गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहित ७।८ जनाको समूहले गरेको लुटपाट गरेका थिए । घटनाका दुई आरोपीलाई कातिक २८ गते रौतहटबाट पक्राउ गरेर ल्याएको थियो । सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुबैजनालाई खुट्टामा दगोली प्रहार गरी पक्राउ गरेको थियो ।
त्यही खुयिली भोज खाएर फर्केका असई यादव चौकीमा पुगेर हतियार खेलाउने क्रममा पेस्तोलबाट गोली छुटेर जवान साहलाई लागेको थियो । घटना ढाकछोप गर्न असई यादवले उपचारको लागि घाइते प्रहरी जवानलाई भारततिर पठाएको थियो ।

भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गराएका थिए । महोत्तरी प्रहरीले यो घटनाको जानकारी शुक्रबार पाएपछि तनावमा छन् ।
थाहा पाए लगतै प्रहरीचोकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ । जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए ।

महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आइएकोले बुझिरहेको बताए ।
‘घटना भएको हो की होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानविन टोलि गठन छानविन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन’ उनले भने ।
श्रोतका अनुसार घटनामा जिल्ला तानिएका असई यादव चेन्जर सफा गर्ने क्रममा गोली पड्केर नजिकै रहेको पोलमा लागेर फर्कि प्रहरी जवानलाई लागेको तर्क दिइरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *