सिरहाको मिर्चैयामा कमलदह मेला सुरु, विकासका लागि पहल गर्ने मन्त्री सिंहको प्रतिवद्धता
टुडेपाटी-
सिरहा, मंसिर ८ गते ।
सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा दशकौंदेखि लाग्दै आएको मेला बिहीबारदेखि सुरु भएको छ ।
हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला विधिवत् सुरु भएको हो । मेलाको उद्घाटन मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गरेका छन् ।
मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ । मेलाको उद्घाटन गर्दै मन्त्री सिंहले कमलदह जस्तो ऐतिहासिक ठाउँमा आउन पाउँदा आफू सौभाग्यशाली महसुस गरिरहेको बताए ।
कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनको भनाइ छ । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।
Sponsored