TodayPati

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु प्रकरण : मृतक परिवारकै ६ जना प्रहरीको नियन्त्रणमा

टुडेपाटी
जनकपुरधाम, मंसिर ७ गते ।

जनकपुर न्यूरो हस्पिटलमा तोडफोड गरेको आरोपमा धनुषा प्रहरीले मृतक बालककै ६ आफन्तलाई नियन्त्रणमा लिएको छ । केहि मान्छेले हस्पिटलमा तोडफोड गर्ज खोजेपछि नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । बिहीबार साँझ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मृतकका मामाहरु धनुषाको मिथिला नगरपालिकाका सुनिल परियार, सुनज परियार, समिर परियार र सन्तु परियासहित छन् ।

Sponsored

बिहीबार बिहान डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटो मृत्यु भएको थियो । उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको भन्दै मृतक परिवार शवसहित कारबाही र क्षतिपुर्तिको माग गर्दै हस्पिटल अगाडी धर्ना बसेका छन् ।

प्रहरी घटनाको छानवीन गरि दोषीलाई कारबाही र मृतक परिवारलाई न्याय दिनुको साटो उल्टै हस्पिटलको बचाउमा उत्रेको मृतक परिवारको आरोप छ ।

Sponsored

जनकपुर न्यूरो हस्पिटलमा डिस्चार्ज गरेकै बेला ४ वर्षीय बालकको मृत्यु, परिवारजन धर्नामा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *