TodayPati

वडासदस्यको मृत्यु भएपछि धनुषाको यस पालिकामा भोली शोक बिदा

टुडेपाटी–
जनकपुरधाम, मंसिर ७ गते ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले वडा सदस्यको मृत्युको शोकमा एक दिन शुक्रबार विदा दिएको छ ।

गणेशमान चारनाथ २ का वडा सदस्य पप्पु बहादुर लामाको बिहीबार मृत्यु भएपछि शोक व्यक्त गर्दै नगरपालिकाले नगरमा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहले जानकारी दिए ।

Sponsored

नगरपालिकाको कार्यालय, वडाकार्यालयहरु, विद्यालयहरु, अति आवश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरुमा समेत बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *