TodayPati

भ्रष्टाचारी ठहर भएका पप्पु कन्ट्रक्सनका मलिक रौनियारलाई ओलीले गराए एमालेमा प्रवेश

टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको जसपाका नेता हरिनारायण रौनियारलाई एमालेले पार्टी प्रवेश गराएको छ ।

मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

Sponsored

पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियार अघिल्लो संसदमा जसपाका सांसद थिए । तर उनको निर्माण कम्पनीले बनाएको बबई पुलमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि रौनियार निलम्बनमा परे ।

विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला सुनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *