TodayPati

थुनुवालाई पढ्न महोत्तरी प्रहरीको हिरासतमा पुस्तकालय स्थापना

टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।

थुनुवाका लागि महोत्तरी प्रहरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबारदेखि हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो ।

पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उदघाटन गरेका छन् । २९ साउन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको सम्झौता अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

Sponsored

उदघाटन गर्दै पुस्तकालयले थुनुवको आचरण बानी ब्यहोरामा प्रभावकारी भूमिका खेल्ने डिआइजी भट्टराइले विश्वास व्यक्त गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *