TodayPati

सप्तरी कारागारमा एक कैदीको मृत्यु


टुडेपाटी-
सप्तरी, मंसिर ५ गते ।

सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मंगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए।

Sponsored

कर्तव्य ज्यान मुद्दामा उनी २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको जनाइएको छ।

मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए।

उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख दासले बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *