TodayPati

मधेश प्रदेश : मेला लगाउने विषयमा विवाद, प्रहरीद्वारा हवाई फायर

टुडेपाटी-
बारा, मंसिर ५ गते ।

बारामा मेला लगाउने विषयमा दुई पक्षबिच झडप हुँदा प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर गरेको छ ।

सोमबार राती प्रहरीले ८ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवाद भएको थियो ।

सो क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।

त्यसको केही समयपछि करिब ११ः४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड हवाईफायर गरेको प्रवक्ता न्यौपानेले बताए ।

Sponsored

झडपमा ढुंगा हानाहान हुँदा दुईजना घाइते समेत भएका छन् ।

घाइते हुनेमा पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *