TodayPati

सशस्त्र प्रहरीद्वारा पिकपमा लोड गरिएको अवैध काठसहित दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।

पिकपमा लोड गरिएको अवैध काठसहित सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी सुरक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकपमा लोड गरी लैजान लागिएको अन्दाजी ११ लाख ६० हजार मूल्य बराबरको काठ नियन्त्रणमा लिएको हो ।

Sponsored

काठसहित पक्राउ गरिएको दुबैजनालाई आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय चहपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *