TodayPati

बटेश्वरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, उत्तम बाल युवा क्लव प्रथम

टुडेपाटी-
जनकपुरधाम, मंसिर ५ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको अवसर सोमबार बटेश्वर युवा संजालले आयाजना गरेको प्रतियोगितामा उत्तम बाल युवा क्लव, बटेश्वर–३ प्रथम भएको छ ।

उसलाई प्रथम पुरस्कार नगद ५ हजार, कप र ट्रफी जितेको छ । यस्तै मिथिला नगर युवा संजाल दोश्रो भएको छ । उसले दोश्रो पुरस्कार ३ हजार नगद, कप र ट्रफी जितेको हो ।

Sponsored

प्रतियोगितामा तेश्रो भएको महोत्तरीको भंगहा नगरपालिका स्थित भंगहा माध्यमिक विद्यालयलाई नगद २ हजार, कप र ट्रफि प्रदान गरिएको छ ।
आयोजक संजालका संयोजक सरोज महतोका अनुसार बालबालिकाको पढाइप्रति हौसला बढाउन तथा अन्तर्निहीत क्षमताको विकास गर्ने उद्देयले हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिएको थियो ।

प्रतियोगितामा विभिन्न १९ वटा विद्यालय तथा बाल युवा क्लवको टीमले भाग लिएको थियो । विभिन्न पाँच राउण्डमा सहभागी समुहहरुलाई प्रश्न सोधिएको थियो ।

उत्कृष्ट भएका टिमहरुलाई बटेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विजय कुमार महतो, कार्यक्रमका सहयोगी सनसाइन बोर्डिंग स्कुल कार्तिक कुमारका प्रिन्सिपल श्रवण महतो, संजालका प्रतिनिधि रामवरण महतो, विर्जु महतो लगायतले पुरस्कार वितरण गरेका थिए ।

Sponsored

यसअघि गत मंसिर १ गते युवा संजालले बटेश्वर मन्थन, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र रगत समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *