TodayPati

बसले मोटरसाइकलमा ठक्कर दिँदा बर्दिवासका एक व्यवसायीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, मंसिर ४ गते ।

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बर्दिवासका एक व्यवसायीको मृत्यु भएको छ ।

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बर्दिवासका एक व्यवसायीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय व्यवसायी श्याम चौधरी रहेका छन् ।

Sponsored

सोमबार सिन्धुलीको कमलामाई नगरपालिका-८ स्थित ज ११ प ९१७२ नम्बरको मोटरसाइकलमा काठमाडौं तर्फ गइरहेको बा ४ ख ५९४८ नम्बरको बसले ठक्कर दिँदा बर्दिवास नगरपालिका-२, घर भएका व्यवसायी चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार चौधरीले चलाइराखेको मोटरसाइकललाई विपरीत दिशातर्फबाट धरानदेखि काठमाडौंतर्फ गइरहेको बसले ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेको चौधरीको उपचारका लागि बर्दिवास स्थित सिटीकेयर अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए।

Sponsored

त्यस्तै मोटरसाइकलमा पछाडि सवार अरुणलाल कर्ण घाइते भएका छन्। उनको उपचार जनकपुरमा भइरहेको प्रहरी निरीक्षक इटनीले बताएका छन्।
मृत्यु भएका चौधरी कमलामाई शु सेन्टर बर्दिवासका सञ्चालक थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *