TodayPati

मधेश प्रदेश : गाडिएको एक सातापछि प्रहरीले शव निकाले, सौतेनी आमासहित ३ जना पक्राउ


टुडेपाटी-
सर्लाही, मंसिर ३ गते ।

सर्लाही प्रहरीले हरिवन नगरपालिका-११, बालगंगामा रहेको मुस्लिम बस्तीमा एक हप्ताअघि खाल्डोमा गाडिएको युवतीको शव आज निकालेर पोष्टमार्टम गर्न अस्पताल लगेको छ ।

युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले शव निकालेर परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएको हो ।

Sponsored

गत कार्तिक २६ गते सोही ठाउँकी १७ वर्षीया तबसुन खातुनको भएको मृत्यु शंकास्पद देखिएको प्रहरी बताउँछ ।

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले अहिलेसम्मको अनुसन्धानमा खातुनको मृत्यु शंकास्पद देखिएपछि गाडिएको शव उत्खनन गरी परीक्षणका लागि अस्पताल लगिएको बताए ।

परिवारका सदस्यले पेट दुखेर मृत्यु भयो भनेका तर आफूहरुलाई यो कुरामा शंका रहेको उनले बताए ।

Sponsored

“पोष्टमार्टम रिपोर्ट आएपछि प्राकृतिक मृत्यु वा हत्या के हो ? त्यो प्रष्ट हुने बताए ।

आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीय समेतलाई सम्झाइबुझाई गरी प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसँस्कार गर्ने ठाउँ ( कब्रस्थान ) को खाल्डोबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलंगवा लगेको हो । प्रहरीले शनिबार नै शव निकाल्ने प्रयास गरेको थियो ।

प्रादेशिक अस्पतालमा पोष्टमार्टमबाट आत्महत्यासम्मको रिपोर्ट आउने र यदि अस्पतालमा परीक्षण गर्दा आत्महत्या जस्तो नदेखिए भिसेरा परीक्षणका लागि मुटु, कलेजो र फोक्सोको टुक्रा काठमाडौँ पठाइने प्रहरी उपरीक्षक धितालको भनाई छ ।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमानतर्फको छोरा सेख चाँद फरार रहेका छन् । दुवैको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *