मधेश प्रदेशः नक्कली नोटसहित दुई युवक पक्राउ
टुडेपाटी–
पर्सा, मंसिर १ गते ।
पर्सा प्रहरीले नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय उमेश कुमार र पर्साको विरगञ्ज महानगरपालिका ३१ कोनिया बस्ने २४ वर्षीय ऋषिलाल पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज ८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई कानूनी रीतपुर्याई खानतलासी गर्दा उनीहरुको साथबाट नेपाली नक्कली नोट १ हजार दरका ३८ थान गरी ३८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored