TodayPati

मधेश प्रदेशः घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

टुडेपाटी–
रौतहट, मंसिर १ गते ।

रौतहटमा घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति करिब १२ बजेको समयमा चन्द्रपुर नगरपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गको पश्चिम तर्फ लमाहा नजिक बेहोस अवस्थामा मधेशी मुलका ५५÷६० वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए ।

Sponsored

टाउकोमा चोट लागेको, दुबै खुट्टा भाचिएको अवस्थामा बेहोस अवस्थामा फेला परेका पुरुषलाई उपचारको लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पठाइएकोमा उपचारको क्रममा शुक्रबार बिहान करिब ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनको सनाखत अहिलेसम्म नभएको प्रहरीले जनाएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धानन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *