TodayPati

भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

एजेन्सी

जनकपुरधाम, कार्तिक ३० गते ।

जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा  बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

Sponsored

सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको हो । बस दुर्घटनाको अनुसन्धान जारीरहेको भारती प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *