TodayPati

जनकपुरमा मधेश मानसले अन्तरक्रिया गर्दै, यी हुन् वक्ताहरु

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।


मधेश मानस संस्थाले जनकपुरधाममा आउदो शुक्रवार एक दिवसीय अन्तक्रिया कार्यक्रम आयोजना गर्दै छ । मधेशको समाजिक, राजनीतिक र संस्कृति सम्बन्धमा अध्यान अनुसन्धानका लागी खोलिएको मधेश मानस संस्थाले छठ पर्वको रमझममा जनकपुरको गंगासागर पोखरी डिलमा एक दिवसीय कार्यक्रम गर्ने जनाएको छ ।
छठ पर्वको नाह्य खाय (नुहएर चोखो बन्ने) दिनमा उक्त संस्थाले २५ बर्ष पछिको जनकपुरधाम, मधेश राजनितीमा देखिएको निराशा भित्रको आशा र छठको समाजिक तथा संस्कृतिक महत्व माथी अन्तक्रिया कार्यक्रम गर्न लागेको हो ।

२५ बर्ष पछिको जनकपुरधाम शिर्षकको अन्तक्रियामा जनकपुरका मेयर मनोज साह, उपमेयर किशोरी साह सहित मधेश प्रदेश सरकारका मन्त्री सुरिता साह र प्रदेश पुर्व निती आयोगका प्रमुख डा भोगेन्द्र झा वक्तारुपमा रहने छन । त्यसैगरी मधेश राजनिती भित्रको निराशा भित्रको आशा शीर्षकमा मधेश प्रदेशका पुर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनितीक विश्लेषक राकेश मिश्र र मास नामक संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा रहने छन् ।

Sponsored


यस्तै छठको समाजिक तथा संस्कृतिक महत्व बारेको शीर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।


मधेशको समाजिक, राजनितिक र संस्कृतिक क्षेत्र बारेमा अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले लेखक तथा समाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झाले मधेश मानस नामक संस्था खोलेका छन । यो संस्थाले मधेश अगामी दिनमा थप परिस्कृत हुदै मधेशका सम्पुर्ण पक्षहरु माथी अध्ययन, अनुसन्धान तथा बहस जारी राख्ने जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *