TodayPati

राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २८ गते ।


नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका ८ मा बस्दै आएका क्रिकेटर गुल्सन झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला र चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्त रुपमा अभिनन्दन गरेको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

Sponsored

नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता  हासिल गरिरहेको र क्रिकेटर झाले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र व्याटिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको शाखाले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *