TodayPati

टिकटक बन्द निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २७ गते ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसंगै कार्यनयनमा अग्रसरता देखाएको छ । सोमबार दिउँसो मन्त्रीपरिषद बैठकले गरेको टिकटक बन्दको निर्णय कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ ।

Sponsored

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।


इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ  ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *