TodayPati

मधेश प्रदेश : लुटेरा समूहद्वारा लुटपाट, दुईजना घाइते

टुडेपाटी-
रौतहट, कार्तिक २७ गते ।

दिपावलीको दिन रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् ।

लुटेरा समूहले सो क्रममा आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन्  । 

Sponsored

आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५  का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ।

घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्।

लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले  लगेको पीडित परिवारले जनाएको छ । घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । 

Sponsored

इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले घटनाको पुष्टि गर्दै लुटेरा समूहको खोजी भइरहेको बताए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *