TodayPati

मधेश प्रदेश : भन्सार छलीको सामानसहित एकजना पक्राउ


टुडेपाटी-
सर्लाही, कार्तिक २६ गते ।

सर्लाही प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौं मूल्य बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ ।

शनिबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले कबिलासी नगरपालिका ६ मदनपुर स्थित बाटोमा मधेश प्रदेश-३-००१ ख ९०३३ मिनी ट्रकमा भन्सार छलि ल्याएको सामान बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

Sponsored

प्रहरीले उक्त गाडिमा ल्याएको चिनी-५६ बोरा (२८०० के.जि.), दाल- २ बोरा (४० के.जि.), कुर्धाको कपडा १ थान, पेटिकोटको कपडा ५ थान, दरी ११ थान, गम्छा- १३१ पिस, भेल्बेट (मखमल) को कपडा ३ थान, उक्त मिनी ट्रक सहित जम्मा अन्दाजी मूल्य १० लाख ८९ हजार ९० मूल्य बराबरको सामानहरु र सह चालक हरिवन नगरपालिका ५ बस्ने २५ वर्षीय अजित जि.सिलाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *