TodayPati

ट्रकमा लोड गरिएको करिब तीन क्विन्टल गाँजासहित महोत्तरीबाट दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २५ गते ।

ट्रकमा लोड गरिएको करिब ३ क्विन्टल प्रतिबन्धित लागूऔषध गाँजा सहित महोत्तरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको बकैया गाउँपालिका ७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ्ग र सह-चालक मकवानपुरकै हेटौडा उपमहानगरपालिका १३ बस्ने राजेश घलान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

शुक्रबार साँझ सम्सी गाउँपालिका ५ देवीस्थान स्थितमा सम्सीबाट जलेश्वर तर्फ जाँदै गरेको ना ०५ ख ९७११ नम्बरको ट्रकमा लागूऔषध गाँजा जाँदै छ भन्ने गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटी गएका प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्दा २ क्विन्टल ९० किलो गाँजा बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

प्रहरीले ट्रकको चालक बस्ने सिटको पछाडी रहेको फलस बटनमा लुकाईछिपाई राखेको १९ पोका गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *