जनकपुरधाम स्थित गुगल प्रिमियर पार्टनर IMT को एक दशक पूरा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २५ गते ।
जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे (IMT) सफलता पूर्वक एक दशक पूरा गरेको छ । शुक्रबार १० वर्ष पूरा गरेको अवसरमा इन्टरनेट मार्केट टुडेले आफ्नो वार्षिकोत्सव मनाएको छ ।
फाउण्डर अमित झासहित संस्थामा कार्यरत कर्मचारी एवं शुभचिन्तकहरु जनकपुरको शिवचोक स्थित रहेको कार्यालयमा केक काटेर खुसी साट्दै वार्षिकोत्सब मनाएका हुन् ।
इन्टरनेट मार्केट टुडेले विश्वव्यापी रूपमा ग्राहकहरूलाई गुगल विज्ञापन व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।
विश्वव्यापी रूपमा ग्राहकहरूलाई परिणाममा आधारित डिजिटल मार्केटिङ सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ इन्टरनेट मार्केट टुडे सन् २०१३ मा सुरु भएको थियो ।
छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल प्रमियर पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन् ।
Sponsored