मधेश प्रदेशः वैदेशिक रोजगारीमा ठगी गरेको अरोपमा एकजना पक्राउ
टुडेपाटी–
सिरहा, कार्तिक २४ गते ।
बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा एकजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ बस्ने ३५ वर्षीय साविर मलंग रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बैदेशिक रोजगारी ठगी मुद्दामा बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएकाले मलंगलाई गाउँघरमा लुकिछिपी हिडडुल गरि रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
पक्राउ परेको मलंगलाई बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको जनाइएको छ ।
Sponsored