TodayPati

जनकपुरबाट औषधिसहित मेडिकल टिम पुगेर जाजरकोटका भूकम्प प्रभावितको उपचार

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।

जनकपुरका डाक्टरसहितको टोलि औषधिसहित पुगेर जाजरकोटका भूकम्प प्रभावितहरुको उपचार गरेका छन् । नाक कान तथा घाटी रोग विशेषज्ञ डा. सुनिल सिंह नेतृत्वको मेडिकल टिमले जाजरकोटको नलगढ नगरपालिकाको विभिन्न वडामा भूकम्प प्रभावित बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् ।

नालगढा प्राथमिक उपचार केन्द्र मै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्दै औषधि सामग्री हस्तान्तरण गरिएको डा. सिंहले बताए ।

Sponsored

डा.सिंहकासंगै रेडियो लोजिस्ट दिपेन्द्र कुमार यादव, मुकेश सिंह, सतिश मण्डल, दिलेराज कामतीसहितका टोलि १० लाखको औषधि सामग्रीसहित जाजरकोटको भूकम्प प्रभावित नलगढा पुगेका थिए ।

टोलिले राहत स्वरुप लगेको औषधि सामग्री मेडिकल टोलिले बिरामीको जाँच उपचारसंगै नालगढा प्राथमिक उपचार केन्द्रलाई राहतान्तरण गरेको हो । त्यहाँ पुग्दा चिकित्सा शिक्षाविद् डा. गोविन्द केसीसमेत टोलिमा सामेल भइ भूकम्प प्रभावितको जाँच तथा उपचार गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *