मधेश प्रदेशः पाँच राउण्ड गोलीसहित दुई युवक प्रहरीको फन्दामा
टुडेपाटी–
सप्तरी, कार्तिक २२ गते ।
पाँच राउण्ड गोलीसहित दुई युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मिपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षीय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मंगलबार साँझ खडक नगरपालिका ११ बनौली स्थित हुलाकी सडक खण्डमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले धर्मजीतको साथबाट ५ राउण्ड राईफलको (३०३) गोलि बरामद गरेको हो ।
यस्तै उनको साथमा रहेका हरी शंकरलाई समेत पक्राउ गरी मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
Sponsored