TodayPati

जनकपुरबाट अपहर गरी तमसुकमा औंठाछाप लगाएको आरोप, प्रहरीले जाहेरी नलिएको गुनासो

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २१ गते ।

अपहरण गरी कुटपिट तथा हतियार देखाएर कपाली तमसुकमा औंठा छाप लगाएको भन्दै एक वृद्धले न्यायको लागि गुहार गरेका छन् । प्रहरी प्रशासनले दोषीलाई कारबाही गर्न कुनै चाँसो नदेखाउँदा आफू अन्यायमा परेको धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मणिपट्टीका ६३ वर्षिय रामआशिष दास गुनासो गरेका हुन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूसंग भएको घटना सार्वजनिक गर्दै न्यायको लागि सहयोग गरिदिन गुहार गरेका छन् । गत बैशाख २५ गते राति ९ बजे जनकपुरधामको पुलचौकबाट घर फर्किने क्रममा आफूलाई एक हतियारधारी समूहले अपहरण गरी कपाली तमसुकमा औठाछापा गराएको बताए । तर ६ महिनादेखि न्यायका लागि भौतारिँदा प्रहरी प्रशासनले कुनै चाँसो नदेखाएको उनको गुनासो छ ।

Sponsored

पूलचोकमा किराना पसल चलाउँदै आएका पीडि़त दास पसल बन्द गरी राति ९ बजे घर जाने बेलामा अपहरणमा परे । ६-७ जनाको समूहमा आएका अपहरणकारीहरुले नेपाली कागजमा सही छाप गराएको दासको भनाई छ ।

हुलाक मार्फ जिल्ला प्रहरी कार्यालय धनुषा लगायतका निकायमा दासले दिएको जाहेरीमा अपहरणमा हँसपुर नगरपालिका वडा नम्बर १ पौडेश्वर निवासी रामविलाश दास, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास संलग्न रहेको देखिन्छ । अपहरणमा परेको भोली पल्ट कपिलेश्वर प्रहरी पोष्टमा दासले उजुरी दिए । त्यहाँ कुनै सुनुवाई नभएपछि वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटना बारे निवेदन दर्ता गराउन पुगेपनि निवेदन लिन नमानेको दासको आरोप छ ।

गत श्रावन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकील कार्यालय मार्फत उनको जाहेरी हुलाकको पत्र मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरिएको दासले बताए । जाहेरी दर्ता भएपनि प्रहरीले भने घटनाको अनुसन्धान गर्न आलटाल गरिरहेको आरोप पीडितको छ ।

Sponsored

उता पीडक भनिएका रामविलाशले महोत्तरी वडा नम्बर ५का ४२ वर्षीय अशोक कुमार ठाकुरले रामआशिष दासलाई २० लाख रुपैयाँ ऋण दिएको तमसुकको कागज सहित जिल्ला अदालत धनुषा पुगेका छन् । यद्यपि दासले आफू कहिल्यै कसैसंग ऋण नलिएको दावी गरे । उनका अनुसार तमसुकको कागज पनि आफूले अदालतबाट प्राप्त गरेको र आफू बिरुद्ध जिल्ला अदालतमा ऋण लिएर पैसा नतिरेको सम्बन्धि मुद्दाको समन सम्म नपुगेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *