TodayPati

जयनगरदेखि बर्दिबास रेलमार्ग निर्माण अन्तरगत तेस्रो चरणको काम सुरु हुँदै

टुडेपाटी–
जनकपुरधाम, कार्तिक २१ गते ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म रेलमाग निर्माण अन्तरगत तेस्रो चरणको काम सुरु हुने भएको छ ।

रेल विभागले रेल्वे एक सूचना जारी गर्दै भंगहादेखि बर्दिबाससम्म रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मंसिर १५ गतेभित्र भित्राउन आग्रह गरेको छ ।

Sponsored

विभागले भंगहा(विजलपुरा)–बर्दिबास रेलमार्ग उप–खण्ड एवं पूर्व–पश्चिम विद्युतिय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाहरुको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्राउन आग्रह गरेको छ ।

विभागले मंसिर १५ गतेपछि पनि बालीनाली लगाएमा त्यसको क्षतिपूर्ति नदिने समेत जनाएको छ ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ ।

Sponsored

पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म, दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म निर्माण भइरहेको छ ।

पहिलो दुई चरणको काम सकेर रेल्वे समेत सञ्चालनमा आइसकेको छ भने तेस्रो चरणको काम अब सुरु हुन लागेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *