सुडी युवा मंचको संयोजकमा सन्तोष
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १८ गते ।
सुडी समाजको युवाहरुको संस्था श्रीराम जानकी सुडी युवा मंच जनकपुरधामको तदर्थ समिति गठन भएको छ ।
रामजानकी सुडी कुटि जनकपुरधाममा शनिबार बसेको बैठकबाट कुटिका अध्यक्ष रतन पुर्वेको अध्यक्षतामा समिति गठन भएको हो ।
सन्तोष कुमार साहको संयोजकत्वमा १५ सदस्यीय सुडी युवा मंच तदर्थ समिति गठन भएको छ ।
मंचको सदस्यहरुमा दिपनारायण साह, प्रवीण कुमार महतो, बलराम कुमार साह, पप्पु कुमार साह, शिवसंकर साह, संजय कुमार साह, विरेन्द्र कुमार हाथी, राकेश पजियार, प्रकास कुमार साह, विजय कुमार साह, श्रवण साह, योगनारायण महतो, सन्तोष कुमार महतो र तुलसी पजियार रहेका छन् ।
Sponsored