भूकम्पमा मृत्यु हुनेको संख्या १३६ पुग्यो
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १८ गते ।
जाजरकोटमा शुक्रबारराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा ९८ र रुकुम–पश्चिममा ३८ जनाको मृत्यु भएको हो।
घाइतेको संख्या १६६ रहेको छ ।
उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।
गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
Sponsored