मधेश प्रदेशः रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
टुडेपाटी–
सर्लाही, कार्तिक १७ गते ।
सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बिहिबारराति लालबन्दी नगरपालिका– १७, कालिन्जोरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडिबाट प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीको हरिवन नगरपालिका– ११, बस्ने मुकेशकुमार गुप्ता र ३५ वर्षीय सुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल सोही दिशातर्फ आउँदै गर्दा बिग्रिएर रोकिराखेको बिआर०६ जिडी ३१४१ नम्बरको ट्रकमा ठोक्किएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मुकेशको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
Sponsored
यसैगरी, सुनीललाई जनसेवा अस्पताल बर्दिवास पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएका छन् ।