TodayPati

‘नेतालाई भ्रष्ट बनाउने जनता हुन्’

आदर्श मण्डल

जहाँका नागरिक रुपैयाँको पछाडि नलागेर भिजन भएको नेतृत्वकर्ता रोजेका छन् । त्यहाँ राम्रो काम, राम्रो विकास भइरहेको छ । जनता पनि खुसी छ्न । उदाहरणको लागि काठमाडौं महानगरपालिका र धरान उप–महानगरपालिका ।
आजकालको जनता नेतामा भिजन देख्दैनन्, कति पढेका छन् त्यो देख्दैनन् । चुनावमा कतिसम्म खर्च गर्न सक्छन् की सक्दैनन् बाहेक केही देख्दैनन् । नेताको बारेमा दुनियाँमा जो सुकैले जे भनोस् तर मेरो सोच अनुसार नेता भ्रष्ट हुँदैनन् ।

नेतालाई जनताले भ्रष्टाचारी बन्न बाध्य बनाउँछन् । जुन जनताले चुनाव आगाडी ह्यान्डपाइपको पानी खान्छन्, ती जनतालाई चुनावको बेला मिनरल वाटर चाहियो । तरकारी खाने रुपैयाँ नभएको जनतालाई मासु चहियो । सस्तो रक्सी खाने जनतालाई ब्रान्डडे रक्सी चाहियो चुनावको बेलामा । जनतालाई त्यतिले मात्रै पुग्दैन जातीय दलान चहियो, मन्दिर चहियो । त्यसले पनि पुग्दैन भने भोज भतेरको लागि भाडाकुडा चाहिन्छ ।

Sponsored

जनताले आपदविपदको बेलामा सहयोग गरेका काम बिर्सेर नेताको पैसा खर्च गराउने मनास्थितिमा मात्रै हुन्छन् । अनि नेताले जनतामा लगानी गरेको रुपैयाँ असुली गर्न तत्तपर हुन्छन् । उसले आफ्नो ब्यक्तिलाई ठेक्का दिन्छन् । ठेकेदार नेतालाई कमिशन पुगाउन चक्करमा हुन्छन् । जसको कारण कमसल कामले कहिले पुल भत्किएको त ,कहिले सडक उदघाट्न नहुँदै भत्किएको, जीर्ण भएको कुरा प्रसस्तै समाचारमा सुन्छौ, देख्छौं । यो सब बदल्ने जनताले मात्रै सक्छ अरु कसैले सक्दैनन् ।

जनताले यसरी नेतालाई भ्रष्टाचारी बनाउन बाध्य हुन्छ ?
राजनीतिमा नेतृत्व कर्ता त समाज सेवा र जनता सेवा लागि होमिएका हुन्छन् । तर राजनीति कर्तालाई भ्रष्टाचारी बन्न मजबुर जनताले नै गर्छन् । हरेक मान्छेमा केहि न केही स्वार्थ हुन्छ । म भन्दि कि जनता मात्रै स्वार्थी छन् । राजनीतिकर्मीमा पनि स्वार्थ लुकेको हुन्छ । कि अहिले देखि नै जनताको आपद विपद पर्दा सहयोग गर्छु भने भोलि चुनावमा सहयोग गर्छन् भनेर । अनि मात्रै भोलि चुनाव जित्न सकिन्छ भन्ने आशा हुन्छ राजनीतिकर्मीमा । तर त्यसको ठ्याक्कै उल्टो हुन्छ । चुनाव आएको बेलामा विपदमा सहयोग गर्ने नेतृत्वकर्तालाई जनताले बिर्सन्छन् । त्यति बेला मात्रै ती जनतालाई रुपैयाँ, खसीको मासु, त्यसको जातिको सार्वजनिक दलान, रक्सी खाने आशमा हुन्छन् । नेताले जब जनताको मानसिकता पढ्छ तब राजनीतिक कर्मीले सोच्छ्न “रुपैयाँ खर्च नगरी त चुनाव जित्ने गाह्रो हुन्छ भनेर । तब नेता बाध्यता चुनावमा रुपैयाँ खर्च गर्न होमिन्छन् । जनताको व्यवहार देखेर यसरी नेता भ्रष्टाचारी बन्छन् ।

नेता सोच्छ्न मैले जनताको त्यत्रो आपद विपदमा सहयोग गरेपनि चुनावमा उठ्दा भोट दिएन । लाखौं ऋण र सरसापट गरी मैले चुनावमा खर्च गरे । अनि चुनाव जितेको हुँ । यदि म चुनाव नजितेको भए मेरो त सारा सम्पत्ति सखाप हुन्थ्यो । मेरो छोराछोरी त सडकमा आइहाल्थे । अब म त निर्वाचित हु । अब भ्रष्टाचार गरिन भने सरकारले दिएको तलबबाट के नै हुन्छ र ? मैले चुनावमा खर्च गरेको ऋण लिएको, रुपैयाँ सपाटी लिएको व्यक्तिलाई कसरी दिनु ?

Sponsored

जनतासंग अनुरोध छ । तपाईं भोट नेताको नोट हेरर हैन सोच हेरेर दिनुस् । त्यसले चुनाव जितेपछि बिकास गर्न सक्छ कि सक्दैनन् । त्यो हेरेर भोट दिनुहोस् । मेरो विचार पढेर तपाईं बदलिनुहोस् । अरुलाई पनि बदलिने सुझाव दिनुहोस् । तपाईं हामी सबै मिलेर देशलाई समृद्धि तर्फ लगौं । यो देश बदल्न हामी नोट लिएर हैन, भिजन देखेर नेतृत्व छनोट गरे अबश्य बदलिन्छ ।
लेखक : आदर्श कुमार मंडल
नेकपा एसका भातृ संगठन ( अनेरास्ववियू केन्द्रिय सदस्य ) तथा राजर्षी जनक विश्वविद्यालय कानुन अध्ययनरत्त छात्र)

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *