TodayPati

२५ लाखको सामानसहित मिनीट्रक महोत्तरी प्रहरीको नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १५ गते ।

महोत्तरी प्रहरीले भन्सार छलिका २५ लाखभन्दा बढी मूल्यको मालसमानसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

मिहोत्तरी बर्दिबास नगरपालिका ३ कालापानी स्थित सिरहा जिल्लाको लहानबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो ।

Sponsored

बिषेश सुचनाको आधारमा ट्रकलाइ रोकी चेकजाँच गर्दा काजु १०० डिब्बा, जिरा ३०० किलो, चामल १८ बोरा, भुजा ४१ बोरा, च्यूरा ६ बोरा र २०० काटुन थान चकलेट गरी २५ लाख २७ हजार ३ सय बराबरको सामानसहित ट्रक र चालक सिन्धुली गढी गाउँपालिका ६ बस्ने ३३ वर्षीय गंगा बहादुर दर्जीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको मालसमानसहितको मिनी ट्रक आवश्‍यक कारबाहीको लागि जलेश्‍वर भन्सार कार्यालय मलिवारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *