पूर्व प्रेमिका राधाको योजनामा प्रिन्सीपल स्वर्णकारको हत्या, पाँचजना सार्वजनिक
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १५ गते ।
बाराको कलैयाका प्रिन्सीपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्या पूर्व प्रेमिकाको योजनामा भएको खुलेको छ । पूर्व प्रेमिकासहित घटना मासंलग्न आरोपमा ५ जनालाई बारा प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्ष छ । योजनाकार उनको पूर्व प्रेमिका २२ वर्षीया राधा गुप्ता, स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो । राधाको अभिनव कुमार गुप्तासंग पनि विाहेत्तर प्रेम सम्बन्ध रहेको खुलेको छ । मनोज पनि विवाहित हुन् । उनीसंग राधाको तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक चन्दन र अविनवलाई प्रहरीले सुटर समूहको सदस्य भनेको छ भने राधा गुप्ता मुख्य योजनाकार भनेको छ । चार जनै सुटरहरु भने फरार छन् । सुटरहरु पनि भारतीय नागरिक हुन् ।
रुपेशसंग पनि राधाको प्रेम सम्बन्ध रहेको कारण मनोज र मृतक रुपेशबीच तीब्र विवाद भएको प्रहरी निष्कर्ष छ । त्यही झगडामा स्वर्णकारलाई गोली हानेर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।
सोमबार मध्याह्न साढे १२ बजेतिर स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौने १ बजेको थियो । मोटरसाइकलमा आएका चारजनाले कम्तिमा पाँच गोली प्रहार गरी भागेका थिए । स्वर्णकारको वीरगञ्ज स्ति बायोधन अस्पतालमा मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरुले यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भएको बताएका छन् । यद्यपि, त्यसबेला यो विषय प्रहरीसम्म पुगेको थिएन ।
Sponsored
मृतक स्वर्णकार प्रिन्सील रहेको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिंग स्कुलमा केहि समय राधा शिक्षिकाको रुपमा कार्यरत्त थिइन् । त्यही बेला उनको स्वर्णकारसंग प्रेम सम्बन्ध बसेको थियो । त्यही विषयमा मनोज गुप्तासंग स्वर्णकारको विवाद भएपछि राधालाई जागिरबाट निकालिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।