TodayPati

मधेश प्रदेशः मन्त्रीको गाडीको ठक्करबाट तीनजना घाइते

टुडेपाटी–
सर्लाही, कार्तिक १५ गते ।

सर्लाहीमा मधेश प्रदेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवक घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।

बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका हुन् ।

Sponsored

दुर्घटनामामा परेर बरहथवा ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको वीरगन्जमा उपचार भइरहेको छ भने अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनापछि चालक र त्यसमा सवार अन्य व्यक्ति गाडी छाडेर फरार भएपछि आक्रोशित स्थानीयले गाडीमा तोडफोडसमेत गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *