TodayPati

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ

टुडेपाटी-
वीरगञ्ज, जेठ १ गते ।

वीरगन्जस्थित नारायणी अस्पतालबाट बुधबार फरार दुवैजना कोरोना संक्रमित पक्राउ परेका छन् ।
अस्पतालको आइसोलेसन वार्डबाट फरार दुईमध्ये एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै अर्का संक्रमितलाई वीरगन्जकै खाली रहेको श्रीराम सिनेमा हलबाट पक्राउ गरेको थियो । दुवै संक्रमित दिउँसो नारायणी कोरोना अस्पतालको पहिलो तलामा रहेको आइसोलेसन वार्डबाट शैचालयको भेन्टिलेटर तोडी हामफालेर भागेका फरार भएका थिए ।

Sponsored

उनीहरुलाई पुनः नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको अस्पताले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *