इजराइलमा मारिएका धनुषाका आनन्द साहको शव पहिचान, नेपाल ल्याउने तयारी
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १३ गते ।
हमासको आक्रमणमा दक्षिणी इजरायलमा मारिएका धनुषाका आनन्दसाहसहित दुई नेपालीको शव पहिचान भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ सपहीका आनन्द साह र मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान भएको हो ।
दुबैजनाको शव पहिचान हुन हुन बाँकी थियो । दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’
दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।