TodayPati

नारायणी अस्पतालबाट भागेका एकजना कोरोना संक्रमित पक्राउ, अर्काेको खोजी तिव्र

टुडेपाटी-

वीरगन्ज, वैशाख ३१ गते ।

वीरगन्जस्थित नारायणी अस्पतालबाट बुधबार दिउँसो भागेका दुई कोरोना सन्क्रमित मध्ये एक जना पक्राउ परेका छन् ।

Sponsored

अस्पतालको आइसोलेसनबाट फारार भएका दुईजना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताइन् ।

उनलाई बिरगंजको तिलावे पुलबाट नियन्त्रणमा लिइएको पन्तले बताइन् । अस्पतालबाट भागेका अन्य एकको भने खोजी कार्य भइरहेको पन्तको छ ।

कोरोना भाइरसले संक्रमित उनीहरुले नारायणी अस्पतालमा रहेको दोस्रो तल्लाको आइसोलेसनबाट हाम फालेर बुधबार दिउँसो भागेका थिए ।

Sponsored

अस्पताल बाट भागेका दुवै संक्रमित बिरगंज महानगरपालिकाकै हुन ।उनीहरुलाई मंगलबार नै अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *