टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरूवात
टुडेपाटी–
काठमाडौं, कात्तिक १३ गते ।
आगामी वर्ष २०२४ मा हुने आइसिसी टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरूवात गरेको हो।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ७४ रन बनाए ।
यस्तै, आसिफ शेखले २७, कप्तान रोहित पौडेलले नटआउट ३५ रन र कुशल मल्लले ६ रन बनाएर अविजित रहे ।
Sponsored
यसअघि विहान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
अब नेपालले भोलि मलेसियासँग दिउँसो १ः३० त्रिवि मैदानमै खेल्नेछ। भोलिको खेलमा जित निकाले नेपालको सेमिफाइनल सम्भावना बलियो हुनेछ।
नेपालले समूहको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ।
सेमिफाइनलमा जित हात पार्ने टिमको आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।