TodayPati

भारतमा दुईवटा रेल ठोक्किँदा ९ जनाको मृत्यु, अन्य २९ जना घाइते

एजेन्सी-
जनकपुरधाम, कार्तिक १३ गते ।

भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य २९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विशाखापट्टनम(पलासा र विशाखापट्टनम(रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

Sponsored

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *