TodayPati

विदेहका मेयर र प्रदेश सांसदले गुण्डाशैलीमा कुटपिट गराएको भन्दै कारबाही गर्न माग

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

विदेह नगरपालिका ८ बस्ने सुरेश कुमार मण्डलमाथि भएको आक्रमणको मण्डल (केवट) सेवा आश्रम जनकपुर भत्र्सना गरेको छ । विदेह नगरपालिकाका मेयर वेचन दास र भाई नेकपा एमालेका प्रदेश सांसद लखन दासको निर्देशनमा मण्डललाई अपहरण शैलीमा कुटपिट तथा आक्रमण गरेको आरोप मण्डल सेवा आश्रमको छ ।

जाती उत्थानको विषयमा आफ्नो धारण बनाउन भूमिका खेलेकोमा सो कुरालाई नकरात्मक लिइ मेयर र प्रदेश सांसद दासको निर्देशनमा सुरेश मण्डललाई विदेह नगरपालिकाको बफै र नवटोलिको बीचमा रहेको भुतही गाछीबाट १०–१५ जनाको नकावधारी समूहले अपहरण गरी ज्यान मार्ने प्रयास गरेको आश्रमका अध्यक्ष मण्डलले आरोप लगाए । मण्डल आश्रमले आज पत्रकार सम्मेलन गरी घटनाको निनन्दासंगै दोषीमाथि कारबाहीको माग गरेको हो ।
अपहरण गरी कुटपिट गर्दै भारत तर्फ लग्ने क्रममा स्थानीयलाई बचाउन गुहार गरेपछि फस्ने डरले मण्डललाई प्रहरीचौकी तिनकौरियामा बुझाएको र कुटपिटबाट घाइते उनको जनकपुरको राम जानकी अस्पतालमा भइरहेको आश्रमका अध्यक्ष विपीनको भनाइ छ ।

Sponsored

मेयर र प्रदेश सांसद दासकै निर्देशनमा १०–१५ जनाको समूहले विदेह नगरपालिका ६ एकराहीका प्रदीप कुमार मण्डलको घरमा पसेर समेत कुटपिट गरी घाइते बनाएको आश्रमले जनाएको छ । प्रदीपको उपचार जनकपुरको कृष्णा नर्सिंग होममा भइरहेको अध्यक्ष विपीनले बताए ।

दाजुभाई मेयर र प्रदेश सांसद नै गुण्डा शैलीमा विगतदेखि अपराधिक घटनाहरुमा संलग्न हुँदा जनता भयभित भएको अध्यक्षन विपीनको दुखेसो छ ।
उनले सुरेश र प्रदीपलाई गुण्डा शैलीमा अपहरण गरी कुटपिट गरी ज्यान लिने प्रयास गरेकाले मेयर र प्रदेश सांसद दास, मेयरका छोरा रामभजन मण्डल लगायतमाथि कानुनी कारबाही हुनु पर्ने आश्रमको माग छ । विगतमा पनि मेयर दासले पत्रकारको समेत मानमर्दन हुने कार्य लगायत गुण्डागर्दी गरेकाले उनीमाथि कारबाही हुनुपर्ने मण्डलले जोडदार माग गरेको छ ।

दोषीमाथि कानुनी कारबाही नभए आश्रम कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *