TodayPati

औपचारिक नेपाल भ्रमणका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरस काठमाडौंमा

टुडेपाटी-
जनकपुरधाम,कार्तिक १२ गते ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । गएराति काठमाडौं आइपुगेका उनी राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्।

राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Sponsored

अधिकारीहरूले जनाए अनुसार आगामी मङ्गलवार उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

उनको भ्रमण र सम्बोधनले नेपालको शान्ति सेनामा सहभागिता, जलवायु परिवर्तनका प्रभाव, दिगो विकास तथा शान्ति प्रक्रियाका विषयमा ध्यान आकृष्ट गर्न मद्दत पुग्ने सभामुख देवराज घिमिरेले बताएका छन् ।

केही साता अगाडि नै महासचिव नेपाल आउने चर्चा चले पनि इजरेल–प्यालेस्टाइन तनाव चर्किएका कारण भ्रमण सरेको थियो ।

Sponsored

गुटेरसले नेपालका हिमालयमा जलवायु परिवर्तनले पारेको प्रभावको प्रत्यक्ष अवलोकन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय सहर पोखराको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

उनले मङ्गलवार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

त्यस क्रममा उनले नेपाललाई समेत प्रभाव पार्ने विभिन्न अन्तर्राष्ट्रिय विषयहरूबारे चर्चा गर्ने ठानिएको छ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *