बटेश्वर गाउँपालिकामा २० जनाले गरे रक्तदान
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बडा दसैं, दिपावली तथा छठ पर्वको अवसरमा “रक्तदान, जीवनदान” भन्ने मूल नाराकासाथ बटेश्वर गाउँपालिका वडा नं ५ स्थित शान्तिपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
ब्लडफर नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जनकपुरधामको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
बटेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादव, लोसपाबाट बटेश्वर गाउँपालिका अध्यक्षका प्रत्याशी अजय कुमार राउत, नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासी सुनिलकुमार साह लगायत २० जनाले रक्तदान गरेको ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतोले जानकारी दिए ।
चार्ड पर्वको समयमा रगतको आभाव भई रहेको बेला रक्तदान कार्यक्रमको आयोजना गरिनु राम्रो पक्ष भएको बटेश्वर गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष शिवकरण यादवले बताए ।
रक्तदान गरेकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
Sponsored