TodayPati

धनुषाको कटरैतले जित्यो मुन्नी मिश्रि भलिबलको उपाधि

टुडेपाटी

जनकपुरधाम, कार्तिक ११ गते ।

महोतरीको कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि कटरैत भलिव क्लब धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई वेष्ट ५ सेटमा २–३ सेट अन्तरले पराजित गर्दै कटरैत भलिव क्लब धनुषाले उपाधि जितेको हो ।

Sponsored

सामुदायिक विकास युवा क्लब गौशाला १२ कान्तिबजारद्धारा आयोजित ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा विजयी भएको हो । विजयी कटरैतलाई नगद २१ हजार रुपैया र कप प्रदान गरिएको छ भने उप विजेयता गोरहन्नालाई नगद ११ हजार र कप प्रदान गरिएको छ । बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले विजेयता र उप विजेयतालाई पुरस्कार र कप प्रदान गरेका थिए ।

दुबै टिक बीच कडा ठक्कर भएको थियो । अन्तिम ५ औ सेटमा पनि खेल अन्तिम समय एक अर्कोलाई टक्कर दिएको थियो । कटरैतका शैलेन्द्र यादव उत्कृष्ट खेलाडीको पुरस्कार पाए । कटरैतकै उदित यादव वेष्ट लिप्टर, गोरहन्नाका नितेश चौधरी वेष्ट स्पाइकर र रविन श्रेष्ठ वेष्ट बल्कोर चुनिएर पुरस्कार पाए । विजयी खेलाडीहरुलाई शुभकामना दिंदै बर्दिबासका नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रिले खेलकुदको गतिविधि बढाए मात्रै लागुऔषधको दुव्र्यशनि नियन्त्रण हुने बताए । युवा पुस्ता लागुऔधको दुव्र्यशनमा लाग्दा समाज असुरक्षित भएको उल्लेख गर्दै बर्दिबास नगरपालिकाले जिल्लामै खेलकुदको गतिविधि सञ्चालन गर्न पहल गर्ने बताए ।

विजयी खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दै गौशाला नगरपालिकाकी उप प्रमुख रेणु कुमारी महतोले खेलकुदामा विद्यालय तहका छात्राहरुलाई संलग्न गराउनु पर्ने बताइन । मधेश प्रदेश स्तरको मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगितामा अगामि वर्षमा महिला खेलाडीलाई समेत संलग्न गराएर समाजमा सकारात्मक संदेश दिनु पर्ने उनको भनाइ थियो ।

Sponsored

सामुदायिक विकास युवा क्लबको आयोजनामा बुधबार देखि शनिबार सम्म चलेको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा सर्लाही, महोतरी र धनुषाका १६ टिम सहभागि थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *