TodayPati

धान खेतमा मृत फेला परेका युवक जनकपुरकै

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।

धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख रकताम्य अवस्थामा उनी मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Sponsored

युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार लिंक

जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *