TodayPati

मुन्नी मिश्रि भलिबलको सेमिफाइनलमा पुग्यो सामुदायिक विकास

टुडेपाटी-
महोत्तरी, कार्तिक ९ गते ।

महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व। मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को सेमिफानलमा आयोजक सामुदायिक विकास युवा क्लब प्रवेश गरेको छ । बिहिबार भएको पहिलो क्वटर फाइनलमा भरतपुरलाई सोझो २ सेटले पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोश्रो दिनको पहिलो नकआउट चरणको खेलमा भरतपुर महोतरी र दोश्रो खेलमा एभरेष्ट युवा क्लब बरकुर्वा विजयी भएका थिए । बिहिबार बिहान भएको पहिलो खेलमा कालिपुरलाई १–२ सेट अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको भएको थियो । दोश्रो खेलमा इच्छेश्वर चेरु युवा क्लबलाई सर्लाहीको एभरेष्ट युवा क्लब बरकुर्वाले २ सेटले पराजित गरेको थियो ।

Sponsored

तेश्रो खेलमा शंकर युवा क्लब मेघरौललाई पराजित गर्दै कटरैत भलिवल क्लब विजयी भएको छ । कटरैतले सोझो २ सेटले विजयी भएको हो । चौथो खेलमा शिवनगर महोतरीलाई पराजित गर्दै गोरहन्न विजयी भएको छ ।

शुक्रबार हुने दोश्रो क्वाटर फाइनलमा सतनाम युवा क्लब बसहनिया सर्लाहीसंग डुमरीया सर्लाहीले प्रतिस्पर्धा गर्ने छन् । तेश्रो क्वाटर फाइनलमा एभरेष्ट युवा क्लब बरकुर्वा सर्लाही संग गोरहन्न महोतरीले प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वाटर फाइनलमा कटरैत भलिबल क्लब धनुषा र शिवशक्ति युवा क्लब करुणा महोतरी बीच हुनेछ । बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व। मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा १६ टिम सहागि छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर रहेको छ । शनिबार दिउसो फाइनल खेल हुने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *