TodayPati

मुन्नी मिश्रि स्मृति पुरुष भलिबलमा भरतपुर र बरकुर्वा विजयी

टुडेपाटी

जनकपुरधाम, कार्तिक ९ गते ।

महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ काे दोश्रो दिनको पहिलो खेलमा भरतपुर महोतरी र दोश्रो खेलमा एभरेष्ट युवा क्लब बरकुर्वा विजयी भएको छ ।

Sponsored


बिहिबार बिहान भएको पहिलो खेलमा कलिपुरलाई १–२ सेट अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो । दोश्रो खेलमा इच्छेश्वर चेरु युवा क्लबलाई सर्लाहीको एभरेष्ट युवा क्लब बरकुर्वाले साेझाे २ सेटले पराजित गरेको हो ।


बिहिबार धनुषाको कटरैत भलिव क्लबसंग शंकर युवा क्लब मेघरौल महोतरी र शिवनगर महोतरीसंग गोरहन्न महोतरीले प्रतिस्पर्धा गर्दै छ ।

बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा १६ टिम सहभागि छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *